देउवालाई प्रधानमन्त्रीको प्रश्नः सरकारलाई अधिनायकवादी भन्ने ?

देउवालाई प्रधानमन्त्रीको प्रश्नः सरकारलाई अधिनायकवादी भन्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर २९ गते भएको कांग्रेसको देशव्यापी प्रर्दशनलाई लिएर असन्तुष्टी जनाएका छन् ।

मंगलबार बिहान बोलाइएको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन बालुवाटार पुगेका कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री अ‍ोलीले सरकारमाथि लगाइएका आरोपको खण्डन गरेका छन् । उनले देउवालाई ‘संविधानअनुसार चलेको सरकारलाई अभिनायकवादी भयो भन्ने ?’ भन्दै प्रश्न गरेका थिए ।

जवाफमा सभापति देउवाले आफूले सरकारलाई अधिनायकवादी नभनेको बताएका थिए । उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सरकारलाई अधिनायकवादी भनेको बताए ।

‘मैले सरकारलाई अधिनायकवादी भयो भनेको छैन् । प्रचण्ड र माधव नेपालले भनेका हुन्’, देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।

मंसिर २९ गते कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रर्दशन गरेको थियो । प्रर्दशनकाक्रममा सभापति देउवासहित कांग्रेस नेताहरुले सरकार अधिनायकवादी भएको आरोप लगाएका थिए ।

आजको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नी प्रसाद सापकोटा अनुपस्थित भएका थिए । सभामुख अनुपस्थित भएपछि बैठक साँझ ५ बजेका लागि बोलाइएको छ ।