काठमाण्डु – मन्त्रिपरिषद्को बैठक सकिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको हो ।
आजको बैठक सोमबारको नियमित बैठक भएको बताइएको छ । सोमबार मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बँजगाइले आजको बैठक नियमित भएको जानकारी दिए ।
आजको बैठकमा प्रधानमन्त्री ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने विषयमा निर्णय हुने बताइएको भए पनि त्यस विषयमा छलफल नभएको स्रोतले जानकारी दियो ।
पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री अोलीले पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउन लागेको चर्चा चलेको छ ।




प्रतिक्रिया