काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देव गुरुङको राजीनामा माग गरेका छन् ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री अोलीले आफूलाई असहयोग गरेको भन्दै मंसिर २८ गतेको स्थायी कमिटी बैठक लगत्तै गुरुङलाई राजीनामा दिन निर्देशन दिएका हुन् ।
ओलीले उनलाई ‘तपाईले सरकारलाई सहयोग गर्नुभएन, सचेतकबाट राजीनामा दिनूस्’ भनेको स्रोतले जानकारी दियो ।
जवाफमा गुरुङले पार्टीको विधि र विधानअनुसार आफू सचेतक भएको भन्दै व्यक्तिले माग्दैमा राजीनामा नदिने स्पष्ट पारेका थिए । ओलीले राजीनामा मागेपछि उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललाई जानकारी गराइसकेका छन् ।
अध्यक्ष प्रचण्डले ओलीको उक्त कदमप्रति असन्तुष्टी जनाएका छन् । उनले आफूखुसी संवैधानिक परिषद्को बैठक बोलाउने, पार्टीको निर्देशन नमान्ने फेरी प्रमुख सचेतकको राजीनामा माग्ने हर्कत नगर्न आग्रह गरेको स्रोतले जानकराी दियो ।




प्रतिक्रिया