काठमाण्डु – सरकारले मन्त्रिपरिषद्का सदस्यहरुलाई थाहै नदिई अध्यादेश ल्याएको खुलेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे आफुहरुलाई थाहै नदिएको मन्त्रीहरुले बताएका छन् ।
खानेपानीमन्त्री बिना मगरले सरकारले एकलौटी रुपमा ल्याएको अध्यादेशमा आफूहरुको सहमति नभएको प्रष्ट पारेकी छन् ।
उनले सभामुख अग्नी सापकोटा र मन्त्रिपरिषद्का सबै मन्त्रीलाई चित्त नबुझाई गरिएको विधेयकमा असहमति रहेको बताएकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकलौटी रुपमा ल्याइएको अध्यादेशप्रति चुप लागेर नबस्ने चेतावनी दिएकी छन् ।
‘राष्ट्रपतिबाट जारी भएको बिधेयकमा सहमती छैन । सम्माननीय सभामुख बिनै छलफल अनि मन्त्रिपरिषद् सबै मन्त्रीहरुलाई चित्त नबुझाई गरिएको बिधेयक प्रति असहमति महामहिम राष्ट्रपति ज्यु’, उनले भनिन्, ‘अब हामी चुप लागेर बस्दैनौ ।’
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।




प्रतिक्रिया