बलात्कार भएको भन्ने आरोप म्यानमारका सेना प्रमुखद्वारा अस्वीकार


याङ्गुन– म्यानमारका सेना प्रमुखले आफ्नो सुरक्षा बलले म्यानमारको राखिन राज्यको मुसलमान समुदायका नागरिकलाई बलात्कार लयागत यौनजन्य अपराध गरेको भन्ने आरोपको अस्विकार गरेका छन् । राजधानी नेपितमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका प्रनिनिधिहरुलाई गरेको सम्बोधनमा सेना प्रमुख मिन आङ हानिङले सो आरोपको अस्वीकार गरेका हुन् ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रतिनिधिहरु हाल बंगलादेश र म्यानमारको भ्रमणमा रहेका छन् । राष्ट्रसंघीय अधिकारीहरुले रोहिंग्याको अवस्थामा अझै सुधार नआएको र उनीहरुलाई स्वदेश फर्काउने बारेमा पनि अहिले नै फर्काउन सकिने हो होइन भन्ने अनुसन्धानको लागि ती प्रतिनिधिहरु त्यहाँ पुगेका बताइएको छ ।

ती प्रतिनिधिहरुसँगको अन्तरक्रियामा उनले उक्त आरोपको खण्डन गरेका हुन् । यसअघि संयुक्त राष्ट्रसंघकै एक अनुसन्धानबाट रोहिंग्यामाथि बलात्कार गर्ने गरेको आरोप लागेको थियो ।

रोहिंग्या मुसलमान समुदायका नागरिकलाई स्वदेश फर्काउने प्रयोजनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक प्रतिनिधिमण्डलले गत शनिबारदेखि म्यानमार र बंगलादेशको भ्रमणमा रहेका छन् । म्यानमारमा सैनिक दमनको कारण देश छोडेर भाग्न बाध्य भएका रोहिंग्याहरु हाल म्यानमारको कोक्स बजारमा मात्र करिब १० लाख जना पुगेको अनुमान गरिएको छ ।

तर यो अनुमानित तथ्यांकमात्र भएको बताइएको छ । करिब सात लाख रोहिंग्या मुसलमान त म्यानमारको राखिन राज्यबाट गएको अगष्ट २५ देखि लगातार दुई महिनामा नै त्यहाँ पुगेका थिए । त्यस्तै पछिल्लो समयमा पनि उनीहरु देश छोडेर भाग्ने क्रम जारी रहेकोले त्यहाँ पुग्ने शरणार्थीहरुको संख्या बढेको हो ।

हालै सार्वजनिक भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकारवादीहरुको एक प्रतिवेदनमा म्यानमारको राखिन राज्यमा हत्या, हिंसा र बलात्कारलगायत सैनिक दमन जारी रहेको बताइएको थियो । यस विषयलाई सम्बोधन गर्दै सेना प्रमुख मिनले बलात्कार र यौनजन्य अपराध नभएको बताएका छन् ।

सोही कारण पनि रोहिंग्या शरणार्थीहरुले आफूहरु घर फर्किन नसकेको जनाएका छन् । म्यानमारको सरकारले शरणार्थीलाई घर फर्किन कुनै रोकटोक नभएको बताए पनि आफूहरुलाई सुरक्षा नभएको उनीहरुको भनाई छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस
Advertisement