दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डुले अनुमति दिएको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले हिरासतमा राख्न अनुमतिका लागि जिल्ला अदालत काठमाण्डुमा उपस्थित गराउँदा अदालतले अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रसाईंलाई सोमबार बिहान साइबर ब्युरोको टोलीले पक्राउ गरेको थियो । खतिवडा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा हुन् ।

सामाजिक सञ्जालमार्फत शहीद रसिक खतिवडाबारे अपमानजनक टिप्पणी गरेको आरोपमा प्रसाईंविरुद्ध उजुरी परेकोमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।