पछिल्लो २४ घण्टामा ९३६ संक्रमित थपिँदा १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ९३६ संक्रमित थपिँदा १४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ३८ हजार ५ सय ६९जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १८ लाख ४३ हजार ५ सय ८१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ३० जना पुगेका छन् ।