काठमाण्डु – संवैधानिक परिषद्को प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । मंगलबार बिहान स्थगित भएको बैठक पुनः साँझका लागि बोलाइएको थियो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित छन् ।
बैठकमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित छन् ।
सरकारले मंगलबार नै ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशअनुसार प्रधानमन्त्रीसहित ३ जना सदस्य उपस्थित भएमा परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ ।




प्रतिक्रिया