प्रधानमन्त्रीले अप्रत्यासित अध्यादेश ल्याउनु गलत, तत्काल फिर्ता लिनुपर्दछः प्रवक्ता श्रेष्ठ

प्रधानमन्त्रीले अप्रत्यासित अध्यादेश ल्याउनु गलत, तत्काल फिर्ता लिनुपर्दछः प्रवक्ता श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेश तुरुन्तै फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्यासित ढंगले अध्यादेश ल्याउनु गलत भएको बताएका छन् ।

‘अहिले सत्तारूढ हाम्रो पार्टीको स्थायी कमिटीको बैठक चलिरहेको छ र संसदको नियमित अधिवेशन बोलाउने समय नजिक आइसकेको छ’, उनले भने, ‘यस्तो स्थितिमा प्रधानमन्त्रीले अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलत छ । तसर्थ अध्यादेश तत्काल फिर्ता लिनु पर्दछ ।’

अध्यादेश जारी गर्ने सम्बन्धमा पार्टीलाई कुनै जानाकारी नभएको र जारी गरिएपछि पार्टीमा कुनै छलफल नभएको उनले बताएका छन् ।

स्थायी कमिटी बैठकमा यसबारेमा छलफल हुने अपेक्षा गर्दै उनले आफ्नो निजी विचार मात्रै राखेको स्पष्ट पारेका छन् ।

उनले सरकारले पुनः संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेको बताएका छन् । प्रवक्ता सापकोटाले यो अध्यादेश यसअघि नै फिर्ता गरिएको बताएका छन् ।

‘यस अघि जारी गरेर फिर्ता गरिएकै अध्यादेश हो । त्यसबेला हाम्रो पार्टी ,प्रमुख प्रतिपक्ष लगायतका राजनीतिक पार्टी हरु र नागरिक समाजले अलोकतान्त्रिक कदम भन्दै बिरोध गरी फिर्ता लिन व्यापक दवाव दिएपछि सरकारले उक्त अध्यादेश फिर्ता लिएको थियो’, उनले भनेका छन् ।