खानेपानीमन्त्री बिना मगरको नक्कली ट्वीटर एकाण्ट

खानेपानीमन्त्री बिना मगरको नक्कली ट्वीटर एकाण्ट


काठमाण्डु – खानेपानीमन्त्री बिना मगरको नक्कली ट्वीटर एकाण्ट खोलेर जथाभावी पोष्ट गरेको पाइएको छ ।

मन्त्री मगरको निजी सचिवालयले नक्कली ट्वीटर एकाण्ट बनाएर उक्त एकाण्टबाट अनावश्यक ट्वीटहरु गरेको पाइएकाले भ्रमणमा नगर्न अपील गरिएको छ ।

त्यस्तै उक्त नक्कली एकाण्ट बन्द गर्न नेपाल प्रहरीको साइबार ब्यूरोलाई आग्रह गरिएको बताइएको छ ।

‘मन्त्रीज्यूको नाममा खोलिएको नक्कली ट्वीटर एकाउण्ट @Magarbina123 बाट अनावश्यक विषयहरु ट्वीट गरी सञ्चार जगत र आम नागरिकहरुमा भ्रम सिर्जना गरिएकाले उक्त एकाण्ट बन्द गर्न प्रहरीमा अनुरोध गरिसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त नक्कली ट्वीटरमा पोष्ट गरिएका सामग्रीबाट भ्रमित नहुन सञ्चारकर्मी एवं सम्पूर्ण नेपालीहरुमा अनुरोध गर्दछौं ।’