स्थायी कमिटी बैठक अगाडि ओली र प्रचण्डबीच भेटवार्ता

स्थायी कमिटी बैठक अगाडि ओली र प्रचण्डबीच भेटवार्ता


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग भेट गर्न बालुवाटार पुगेका छन् ।

दिउँसो १ बजे बस्ने स्थायी कमिटी बैठक अगावै अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका हुन् । दुवै अध्यक्षबीच अध्यादेशबारे छलफल हुने बताइएको छ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री अ‍ोलीले मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो ।

प्रधानमन्त्री अ‍ोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमार्फत अध्यक्ष प्रचण्डलाई बैठक स्थगित गर्न आग्रह गरेका थिए । तर, प्रचण्डले उक्त प्रस्ताव अस्वीकार गरेका छन् । बुधबार बिहान खुमलटार पुगेका स्थायी कमिटी सदस्यसमेत रहेको मुख्यमन्त्री पोखरेलले आजको बैठक स्थगित गर्न आग्रह गरेका हुन् ।