काठमाण्डु – नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
मंगलबार तोलामा ९२ हजार ३ सयमा कारोबार भएको छापावल सुनको मूल्य बुधबार ८ सय रुपैयाँले बढेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य ९२ हजार ६५० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि बुधबार तोलामा ३० रुपैयाँ बढेको छ ।
मंगलबार १२ सय प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य बुधबार १२ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया