उपसभामुखको निर्वाचन गर्न प्रधानमन्त्रीलाई बाध्य पारौंः गगन थापा

उपसभामुखको निर्वाचन गर्न प्रधानमन्त्रीलाई बाध्य पारौंः गगन थापा


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा उपसभामुखको अधिवेशन गर्न बाध्य पार्न सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत नेता थापाले बरालिएका ओलीलाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पार्न, उपसभामुख नभएसम्म संवैधानिक परिषद् बैठकमा नजान र संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पार्न सुझाव दिएका छन् ।

उनले लेखेका छन्, ‘संविधानको धारा ९३(३) अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔं । उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौं । उपसभामुख विनाको संवैधानिक परिषद् बैठक अस्वीकार गरौं । संसद र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पारौं ।’

उनले यी विषयलाई त्यो बेला मनन नगर्दा आजको परिस्थिति आएको समेत टिप्पणी गरेका छन् ।