काठमाण्डु – प्रमुख विपक्षी दल नेपाली काँग्रेसका पदाधिकारी बैठक बुढानिलकण्ठमा जारी छ ।
मंगलबार सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसबारे उत्पन्न परिस्थितिबारे छलफल गर्न काँग्रेसले आज पदाधिकारीको बैठक बोलाएको हो ।
संवैधानिक परिषद् सम्बन्धि अध्यादेशको विरोध जनाएको काँग्रेसले आजको बैठकमा अध्यादेश फिर्ताका लागि थप रणनीति बनाउने बुझिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजय गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला, पुर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, पूर्व सहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी, रामशरण महत, प्रमुख सचेतक बालकृष्ण खाण, सचेतक पुष्पा भुसाल, राष्ट्रियसभाका नेता राधेश्याम अधिकारी, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, रमेश लेखक, प्रवक्ता विश्वप्रकाश शर्माको सहभागिता रहेको छ ।




प्रतिक्रिया