स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री ओली बैठकमा उपस्थित

स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री ओली बैठकमा उपस्थित


काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ घण्टा ढिलो गरी सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी नहुने भनेपछि बैठक सुरु हुन सकेको थिएन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पटक–पटकको प्रयासपछि प्रधानमन्त्री बैठकमा उपस्थित भएका हुन् ।