नेकपा स्थायी कमिटी बैठक सकियो, के–के भयो निर्णय ?

नेकपा स्थायी कमिटी बैठक सकियो, के–के भयो निर्णय ?


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुस ५ गते बस्ने भएको छ । त्यस्तै पुस ५ गतेका लागि निर्धारण गरिएको केन्द्रीय कमिटीको बैठक पुस १० गते बस्ने भएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै उनले राष्ट्रपति समक्ष संसद बैठकको माग गर्दै पेश गर्ने भनिएको आवेदन पनि फिर्ता गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ३ जना संवैधानिक परिषद्का सदस्यबीच संवैधानिक नियुक्ती सम्बन्धमा बसेको बैठकमा कुनै निर्णय नभएको जानकारी दिएका थिए ।