मन्त्रिपरिषद्को बैठक बस्दै, अध्यादेश खारेज गर्ने तयारी

मन्त्रिपरिषद्को बैठक बस्दै, अध्यादेश खारेज गर्ने तयारी


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आजको बैठकले सरकारले गत मंगलबार ल्याएको संवेधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्ने स्रोतले जानकारी दियो ।

बैठक साँझ ६ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री अ‍ोलीले गत मंगलबार ल्याएको उक्त अध्यादेश बुधबार फिर्ता लिएका थिए । प्रधानमन्त्री अ‍ोलीले बिहीबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि अध्यादेश फिर्ता लिन मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेको थियो । प्रधानमन्त्री ओलीसमेत सहभागी भएको बुधबार बसेको स्थायी कमिटी बैठकले उक्त अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।