काठमाण्डु – संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले वैदेशिक रोजगारीका क्षेत्रमा हुने गरेका ठगी, अनियमितत र कार्टेलिङका विषयमा रहेको समस्याबारे छानबिन गर्न उपसमिति गठन गरेको छ ।
सांसद एलपी साँवा लिम्बुको संयोकजत्वमा पाँच सदस्यीय वैदेशिक रोजगारीका समस्या अध्ययन उपसमिति गठन गरेको हो ।
समितिलाई वैदेशिक रोजगारको क्षेत्रमा भएका ठगी, अनियमिता, घरेलु श्रमिकका समस्या, कमादार पठाउने सन्दर्भमा हुने गरेका सिण्डिकेट, भिजिट भिसामा कामदार पाठउने विषयमा रहेका समस्याहरुको समधानका सन्दर्भमा अध्ययन अनुसन्धान र छानबिन गरी राय सुझावसहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।
समितिमा सांसद कृष्णकुमार श्रेष्ठ (किसान),अमृता अग्रहरी, दुर्गाकुमारी विश्वकर्मा र प्रकाश रसाइली स्नेही सदस्य रहेका छन् ।




प्रतिक्रिया