काठमाण्डु – मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । बिहीबार साँझ बसेको बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २०७७ फिर्ता गर्ने निर्णय गरेको हो ।
सरकारले मंगलबार ल्याएको अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा अोली सहमत भएका थिए । बुधबार बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री अोलीले अध्यादेश फिर्ता लिने निर्णय सुनाएका थिए ।




प्रतिक्रिया