गृहसचिव न्यौपानेलाई कोरोना संक्रमण, डीआईजी बढुवाको काम रोकियो

गृहसचिव न्यौपानेलाई कोरोना संक्रमण, डीआईजी बढुवाको काम रोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहसचिव महेश्वर न्यौपानेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गृहसचिव न्यौपानेले स्वाव संकलनका लागि दिएका थिए ।

संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसिरहेका छन् । गृहसचिव न्यौपानेलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाल प्रहरीमा रिक्त रहेको डीआईजी पदमा तत्काल पूर्ती नहुने भएको छ ।

बढुवा समितिमा गृहसचिव संयोजक रहने व्यवस्था छ । समितिको बैठक बस्न नसक्दा तत्काल पद पूर्ती हुने सम्भावना नरहेको गृहस्रोतले जानकारी दियो ।

नेपाल प्रहरीमा हाल ९ जना डीआईजीको दरबन्दी रिक्त छ । केही समय अगाडि डिआईजी विश्वराज पोखरेल एआईजीमा बढुवा भएसँगै ९ जना डीआईजीको दरबन्दी रिक्त रहेको हो ।