काठमाण्डु – विश्वका सय प्रभावशाली नर्सको सूचीमा नेपालका ४ जना नर्स पर्न सफल भएका छन् ।
नर्स तथा मिडवाइफको अन्तर्राष्ट्रिय वर्ष २०२० को अवसरमा विश्व स्वास्थ्य संगठन, यूएनएफपीए, अन्तर्राष्ट्रिय नर्सिङ परिषद् तथा अन्तर्राष्ट्रिय मिडवाइफ संघले सार्वजनिक गरेको विश्वका सय प्रभावशाली नर्सको सूचीमा नेपालका तर्फबाट ४ नर्स छानिएका हुन् ।
विश्वका ४३ मुलुकका ३ सय नर्सलाई पछि पार्दै नेपालका तर्फबाट नर्स दुर्गा सापकोटा, सूक्ष्मा योञ्जन, प्रशंसा बुढा र रुक्मिनी त्रिपाठी रहेका छन् ।
४३ देशका ३ सय नर्समध्ये नेपालका ४ जना नर्स प्रभावशाली नर्सको लिस्टमा सूचीकृत हुनु खुसीको कुरा भएको नेपाल नर्सिङ संघले जनाएको छ ।




प्रतिक्रिया