संसद भंग गर्ने ओलीको निर्णय असंवैधानिकः बाबुराम भट्टराई

संसद भंग गर्ने ओलीको निर्णय असंवैधानिकः बाबुराम भट्टराई


काठमाण्डु – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताएका छन् ।

प्रधानमन्त्रीको उक्त कदमले नेपालको शासकीय प्रणालीमा सुधार गर्नुपर्छ भन्ने देखाएको बताउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले सबै राजनीतिक दल र नागरिकलाई सुधार गर्न आवाज उठाउन अपिल गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको मन्त्रिपरिषद बैठकबाट संसद विघटनको सिफारिस गरेका थिए । भट्टराईले भिडिओ सनेद्शमार्फत् ओलीको यो कदमको विरोधका लागि सहकार्य गर्न कांग्रेस, नेकपाका लोकतान्त्रिक पक्षधर, अन्य राजनीतिक र वैकल्पिक राजनीतिक शक्तिलाई आह्वान गरेका हुन् ।

भट्टराईले उनको कदमले नेपालको शासकीय प्रणालीमा सुधार गर्नुपर्ने देखाएको र त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्णसमानुपातिक संसद व्यवस्था हुनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘यसमा मेरो निजी विचार रहँदै आएको छ । अहिलेको प्रधानमन्त्रीको कदमले नेपालको शासकीय प्रणालीमा रहेको त्रुटी र त्यसलाई सच्याउनुपर्ने कुरा फेरि पुष्टि गर्छ ।’