संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री पुगे शीतल निवास

संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री पुगे शीतल निवास


काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेका थिए । सोही निर्णयअनुसार प्रधानमन्त्री ओली सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेका हुन् ।

सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ । राष्ट्रपति भण्डारीलाई महाअभियोग र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्तावको तयारी भएपछि मन्त्रीपरिषद् बैठकले संसद विघटनको सिफारिस गरेको बुझिएको छ ।