काठमाण्डु – ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय(प.नि.का.) बल्खुबीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता नविकरण भएको छ ।
उक्त सम्झौता पत्र मात्रि.वि, प.नि.का.का तर्फबाट परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंक लि.को तर्फबाट किर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पत्र अनुरुप त्रिभुवन विश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा दैनिक रुपमा संकलनहुनेशुल्कतथा धरौटी वापतको रकम संकलन गर्ने व्यवस्थाका साथै त्रि.वि.अन्र्तगतका क्याम्पसहरुले बैंकका सम्पुर्ण शाखा कार्यालयबाट शुल्क÷रकमजम्मागर्न मिल्नेछ।
त्रि.वि.काविद्मार्थीहरुको सम्पूर्णकारोबार यसबैंकको बल्खु स्थित काउन्टरलगायतनेपालअधिराज्यभरकासबै शाखाबाट त्रि.वि.को आम्दानीखातामाजम्मागर्न मिल्नेछ । यसका साथै उक्त काउण्टरबाट प.नि.का.माकार्यरत कर्मचारीहरुको बचत खाताखोल्ने, चेक सटही सुविधाप्रदानगर्ने, नगदएवं चेक जम्मालिने÷दिनेलगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध हुनेछ ।
विभिन्न सरकारी कार्यालयहरुको आर्थिक कारोबार बैंक मार्फत गर्ने गराउने सरकारको नीतिअनुरुपग्लोबल आइएमई बैंक लि.ले देशभरकाविभिन्नसरकारी कार्यालय, उद्योग,विभाग, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालय, मालपोत कार्यालय लगायतका३० वटा भन्दा बढी सरकारी कार्यालय परिसरबाट समेत आफ्नो सेवाप्रदानगर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकले सबैक्षेत्ररवर्गसम्मबैंकिङ्गसेवाकोपहुँचपु¥याउनेउद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फतआफ्ना २१ लाखभन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दैआइरहेको छ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।




प्रतिक्रिया