संसद विघटन गरेर प्रधानमन्त्रीले संघीय गणतन्त्रमाथि ‘कू’ गर्नुभयोः अध्यक्ष प्रचण्ड

संसद विघटन गरेर प्रधानमन्त्रीले संघीय गणतन्त्रमाथि ‘कू’ गर्नुभयोः अध्यक्ष प्रचण्ड


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संघीय गणतन्त्रमाथि ‘कू’ गरेको प्रतिक्रिया दिएका छन् ।

आइतबार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अ‍ोलीले संसद विघटनको प्रस्ताव फिर्ता गर्नुपर्ने माग राखेको उनका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए ।

सल्लाहकार सापकोटाले अध्यक्ष प्रचण्डको भनाई उद्धृत गर्दै भने, ‘प्रधानमन्त्रीले संघीय गणतन्त्रमाथि ‘कू’ गर्नुभयो । संसद विघटनको प्रस्ताव फिर्ता हुनुपर्छ ।’