काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बालुवाटारमा बस्दैछ ।
केही समयपछि सुरु हुने बैठकमा आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा अोलीले ल्याएको संसद विघटन सम्बन्धी प्रस्तावबारे छलफल हुनेछ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले ल्याएको उक्त प्रस्ताव फिर्ता गर्न आग्रह गर्ने तयारी रहेको जानकारी दिए । बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अन्य स्थायी कमिटी सदस्यहरु बालुवाटार पुगिसकेका छन् ।




प्रतिक्रिया