काठमाडौंको हवाइ ट्राफिक जामले लुक्लामा असर

काठमाडौंको हवाइ ट्राफिक जामले लुक्लामा असर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको ट्राफिक जामको असर सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा देखिएको छ। जामका कारण हवाइ उडान घट्दा पर्यटक आवतजावतमा समस्या भएको छ।

दैनिक ४० भन्दा बढी हवाइजहाजले उडान भर्ने लुक्लामा पछिल्लो समय काठमाडौं विमानस्थलमा हुने गरेको जामकै कारण दैनिक ३० भन्दा कम उडान हुने गरेको तेन्जिङ हिलारी विमानस्थल नागरिक उड्डयन कार्यालय लुक्लाले जनाएको छ। देशकै एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थल काठमाडौंमा हुने आन्तरिक तथा बाह्य उडानका कारण दिनमा दुई घण्टाभन्दा बढी आन्तरिक उडान ट्राफिक जाममा पर्ने गरेका छन्।

दैनिक दुईदेखि तीन घण्टा उडान नुहँदा दैनिक एक दर्जनभन्दा बढी हवाइ उडान प्रभावित हुने नागरिक उड्डयन कार्यालय लुक्लाका एटीसी अफिसर योगेन्द्र कुँवरले बताएकाे खबर अाजकाे  गोरखापत्र दैनिकमा छद ।