प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गते बस्ने निर्णय

प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गते बस्ने निर्णय


बिराटनगर – प्रदेश नं १ को प्रदेशसभाको साताैं तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ ।

प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकल आगामी माग ७ गते अपराह्न २ बजे बैठक बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिए ।

प्रदेशसभाको यसअघि छैटौँ तथा बजेट अधिवेशन गत साउन ९ गते बसेर अन्त्य भएको थियो ।