काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वर्ष २६२ वटा आधारभूत अस्पताल निर्माण गर्ने भएको छ ।
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आगामी वर्ष २६२ वटा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेका हुन् । आइतबार स्वास्थ्य मन्त्रालयमा दिउँसो २ बजे कार्यभार सम्हाल्दै मन्त्री त्रिपाठीले आगामी वर्ष २६२ वटा स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने जानकारी दिए ।
यसअघि गत मंसिर १५ गते स्वास्थ्य मन्त्रालयले अस्पताल तथा संस्थासंस्था नभएका ३९६ वटा स्थानीय तहमा एकैसाथ अस्पताल निर्माणको काम सुरु गरेको थियो । शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेपछि पुराना मन्त्रीहरूको पनि जिम्मेवारी हेरफेर गरिएको थियो ।
योसँगै यसअघि सामान्य प्रशासन मन्त्री रहेका त्रिपाठी स्वास्थ्यमा आएका हुन् भने यसअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पर्यटन मन्त्रालयमा गएका छन् ।




प्रतिक्रिया