सुनियोजित रुपमा अविश्वासको प्रस्ताव दर्ता गरियो, त्यसलाई असफल पार्छुः मुख्यमन्त्री राई

सुनियोजित रुपमा अविश्वासको प्रस्ताव दर्ता गरियो, त्यसलाई असफल पार्छुः मुख्यमन्त्री राई


काठमाण्डु – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफुमाथि आएको अविश्वासको प्रस्ताव फेश गर्ने बताएका छन् ।

अविश्वसको प्रस्ताव दर्ता भएपछि प्रतिक्रिया दिदै मन्त्री राईले आफूले काम गर्न नसकेकाले नभइ सुनियोजित रुपमा अविश्वासको प्रस्ताव दर्ता गरिएको भन्दै आफुमाथि आएको अविश्वासको प्रस्ताव आरामले फेश गर्ने बताएका हुन् ।

‘संघीयतालाई संस्थागत गर्न नदिने मनाशयबाट, खास ठाउँबाट निर्देशित भएर, सुनियोजित ढंगले अविश्वसको प्रस्ताव दर्ता भएको छ,’ उनले आफ्नो समूहमा बहुमत रहेको दाबी गर्दै भने, ‘सुविधाजनक बहुमतका साथमा म सामना गर्छु, प्रदेशलाई तहसनहस बनाउने जुन चाहना छ, त्यसलाई म असफल पार्छु,’ उनले भने ।

राईले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्नु सान्दर्भिक भएको भन्दै ताजा जनादेशमा जानु संविधान विपरित हुन नसक्ने तर्क गरे ।
मुख्यमन्त्री राई विरुद्ध आइतबार अविश्वसको प्रस्ताव दर्ता भएको छ ।