संखुवासभाको मैदानेमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच दोहोरो भीडन्त

संखुवासभाको मैदानेमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच दोहोरो भीडन्त


काठमाण्डु – संखुवासभामा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहबीच दोहोरो भीडन्त भएको छ ।

आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय, संखुवासभाबाट खटिएको प्रहरी टोलीमाथि चैनपुर–४, मैदानेमा समूहका कार्यकर्ताले लक्षित गरेर फायर गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त बहादुर कुँवरले काठमाण्डुपाटीलाई जानकारी दिए ।

उनले ड्युटीमा खटिएको प्रहरीमाथि विप्लव समूहका कार्यकर्ताले आक्रमण गरेको जानकारी दिए । हवाई फायरबाट दुवैतर्फ मानवीय क्षती नभएको उनको भनाई छ ।

प्रहरीले घटनास्थलबाट केही विस्फोटक पदार्थ बरामद गरेको छ भने विप्लवका कार्यकर्ता जंगलतर्फ भागेका छन् ।