काठमाण्डु – वि.सं.२०७७ साल पौष १३ गते । सोमबार । ईश्वी सन् २०२० डिसेम्बर २८ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १५ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्गे भन लाभ हुने योग रहेको छ । न्यून श्रमबाट मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । प्रेममा सफलता प्राप्त हुने तथा नयाँ योजनाका साथ अगाडी बढ्न सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरी असिमित आवश्यक्ताहरु पूरा गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरी समय व्यतित गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । पढाइ लेखाइमा अरुभन्दा पछि परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यावसायमा नाँफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । सवारी साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विद्या तथा प्रतिस्पर्धामा अरु नै हावी हुनाले चाहेको सफलता प्राप्त गर्न कठिन हुनेछ । राज्यसँग नजिक रहेर गरीने कुनै पनि काम गर्दा ख्याल गर्नुहोला । व्यापार व्यावसायमा समय लगानी गरे अनुसार प्रतिफल प्राप्त गर्न केहि समय कुर्नु पर्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । अध्ययन अध्यापनमा अरुलाई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । आकश्मिक धन तथा भौतिक सम्पती लाभ हुनेछ भने शेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) परिवार तथा आफन्तजनसँग मनमुटाव बढ्नेछ भने पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवनसाथीको सहयोगले राम्रा कामहरु सम्पादन हुनेछन् । प्रतिष्ठित काम गरी समाजमा नाम कमाउन सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) न्यायिक निर्णयहरु तपार्ईंको पक्षमा नआउने हुनाले आजको दिन यस्ता क्रियाकलापमा सामेल नहुनुहोला । पुराना रोग तथा ऋणहरु पुनः बल्झने हुँदा मानसिक तनाब बढ्नेछ । प्रेममा एक अर्काबीच वैमनस्यता बढ्ने हुँदा छुट्टिनु पर्नेछ भने आफन्त तथा मावली पक्षसँग विवाद बढ्न सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन । तरपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा नजिकिने समय रहेको छ भने विलाशी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेको छ ।




प्रतिक्रिया