पश्चिमी वायुको प्रभाव : सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागमा हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव : सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागमा हिमपातको सम्भावना


काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले पूर्व र पश्चिमका क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

अहिले बागमती र गण्डकी प्रदेशको उच्च पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको छ ।  दिउँसो प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यस्तै राति प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू–भागका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।