प्रचण्ड–नेपाल समूहद्धारा नवनियुक्त खेलकुदमन्त्री तामाङलाई कारबाही

प्रचण्ड–नेपाल समूहद्धारा नवनियुक्त खेलकुदमन्त्री तामाङलाई कारबाही


काठमाण्डु – नवनियुक्त यूवा तथा खेलकुदमन्त्री दावा तामाङलाई प्रचण्ड नेपाल पक्षको नेकपा सिन्धुपाल्चोकले कारवाही गरेको छ ।

नेकपा सिन्धुपाल्चोक जिल्ला सचिवसमेत रहेका मन्त्री तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषद्मा गएको भन्दै प्रचण्ड–नेपाल पक्षको नेकपा सिन्धुपाल्चोकले कारवाही गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘असंवैधानिक सरकारको कथित मन्त्री पद स्विकार गरी आन्दोलन, पार्टी र जनताप्रति गम्भीर विश्वासघात र धोका दिँदै कमरेड दावा तामाङ प्रतिगामी कित्तामा पुग्नु भएको छ । त्यसैले नेपाल कम्युनिष्ट पार्टी नेकपाबीचमा रहेको सम्पूर्ण सम्बन्धहरुलाई स्वतभंग गर्नुभएको छ ।’

असंवैधानिक कदम स्विकार गरी पार्टी आन्दोलन र जनताप्रति धोका दिएको भन्दै जिल्ला नेकपाले मन्त्री तामाङका जुनसुकै कार्यक्रम बहिस्कार गर्नसमेत निर्देशन दिएको छ ।