आज सुन प्रतितोला ७०० ले बढ्यो

आज सुन प्रतितोला ७०० ले बढ्यो


काठमाण्डु – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७०० ले उकालो लागेको छ ।

आइतबार स्थिर रहेको सुनको मूल्य आज एकै पटक ७०० ले वृद्धि भई प्रतितोला ९४ हजार ९०० का कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला ९४ हजार २०० रहेको थियो ।

यस्तै तेजाबी सुन आइतबार प्रतितोला ९३ हजार ७०० रहेकामा आज ७०० ले वृद्धि भई ९४ हजार ४०० मा कारोवार भइरहेको छ । त्यस्तै चाँदी आज प्रतितोला एक हजार ३१५ मा कारोवार भइरहेको छ ।