निर्वाचन अहिलेका लागि आवश्यक छैन, हामी पार्टी एकताकै पक्षमा छौंः योगेश भट्टराई

निर्वाचन अहिलेका लागि आवश्यक छैन, हामी पार्टी एकताकै पक्षमा छौंः योगेश भट्टराई


नेपालगञ्ज – नेकपाको प्रचण्ड—नेपाल समूहका नेता योगेशकुमार भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको एका छन् । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्ने उनको भनाइ छ ।

प्रेस सङ्गठन नेपालले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो समूहका स्थायी कमिटी सदस्य भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको विचार व्यक्त गरे ।

निर्वाचन अहिले मुलुकका लागि आवश्यक नभएको तर्क राख्दै पूर्वमन्त्री समेत रहेका नेता भट्टराईले प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा आफूहरु विश्वस्त रहेको बताए ।