डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्न लक्ष्मी बैंकको ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगिता

डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्न लक्ष्मी बैंकको ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगिता


काठमाण्डु – लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियानअन्तर्गत डिजिटल बैंकिङका विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगिताको घोषणा गरेको छ ।

यस प्रतियोगिताअन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ्ग सेवासम्बन्धी सृजनात्मक भिडियो तयार गरी पठाउनु पर्नेछ । यसरी प्राप्त भिडियोहरुको भावनात्मक पक्ष, सृजनात्मकता, कथा–वस्तुको गुणवत्ता अनि सान्दर्भिकताको आधारमा विजेता घोषणा गरी विजयी सहभागीलाई ५०,०००/ सम्मको नगद पुरस्कार प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

यस एक महिने अभियान डिजिटल डिसेम्बरको माध्यमबाट लक्ष्मी बैंकले नेपाली जनतामा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र भाइबर बैंकिङ जस्ता डिजिटल विकल्पहरुलाई अपनाउने रुचिको अभिवृद्घि गर्ने व्यापक प्रयास गरेको छ ।

लक्ष्मी बैंकको ‘माई मोबाइल मनि’ एप गुगल प्ले स्टोर र एपल स्टोरमा उपलब्ध छ भने प्रतियोगिताको नियमहरु बैंकको वेभसाइटमा उपलब्ध रहेको छ ।

‘माई मोबाइल मनि’ लक्ष्मी बैंकको क्राउडसोर्सिङमा आधारित दास्रो प्रतियोगिता हो । यसअघि बैंकले सञ्चालन गरेको डेविट कार्डको डिजाइनिङ प्रतियोगितामा उत्साहजनक सफलता प्राप्त भएको थियो । बैंकले प्राप्त सुझावहरुलाई समेटेर डेविट कार्डको डिजाइनमा समावेश गरेको छ ।

बैंकले ग्राहकहरुलाई आफ्नो रचनात्मक प्रतिभालाई क्रियाशील बनाई बैंकको विविध अभियानहरुमा संलग्न हुने अवसर प्रदान गर्न यस्ता अभियानहरु निरन्तर सञ्चालन गर्ने बैंकको उद्देश्य रहेको जनाएको छ ।