सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री बर्खास्त

सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी ओली समूहमा रहेका मन्त्री बोहरालाई बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको जानकारी दिए । भट्ट पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहका मुख्यमन्त्री हुन् ।

डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ सालको फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए । बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री थिए ।