मोबाइल व्यवसायी महासंघको संगठन विस्तार प्रकृया अन्तिम चरणमा

मोबाइल व्यवसायी महासंघको संगठन विस्तार प्रकृया अन्तिम चरणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संगठन विस्तारको क्रममा रहेको नेपाल मोबाइल व्यवसायी महासंघले प्रादेशीक समिति गठन प्रकृया अन्तिम चरणमा पुर्याएको छ ।

देशभरका तीन सयभन्दा बढी मोबाइल व्यवसायी संघहरुको छाता संगठनको रुपमा गठन भएको महासंघले सबै तहमा संगठन विस्तारलाई तीब्रता दिएको हो ।

हालसम्म बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा समिति गठन गरिसकिएको महासंघका अध्यक्ष भरत भट्टराईले जानकारी दिए । अध्यक्ष भट्टराईका अनुसार पुष १६ गते १ नम्बर प्रदेश र १७ गते २ नम्बर प्रदेशमा प्रादेशीक समिति गठन भएपछि प्रदेश स्तरीय संगठन विस्तारको काम सम्पन्न हुनेछ ।

संघ, प्रदेश, जिल्ला र स्थानीय समिति गरी चार तहमा संगठन विस्तारको क्रममा रहेको महासंघले जिल्ला तथा स्थानीय समिति गठनलाई समेत अघि बढाएको छ । अध्यक्ष भट्टराईका अनुसार अधिकांस जिल्लामा समिति गठन भइसकेको छ । सबै तहमा संगठन विस्तार गरिसकेपछि यसै वर्ष केन्द्रीय समितिको महाधिवेशन गरिने अध्यक्ष भट्टराईले जानकारी दिए ।

मोवाइल व्यवसायीले राज्यलाई उल्लेख्य कर तिरे पनि राज्यवाट पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित रहेकाले राज्यको सेवा सुविधा प्राप्त गर्न संगठित अभियान थालिएको भट्टराईको भनाइ रहेको छ । देशभर नौं हजारभन्दा बढी मोबाइल व्यवसायी रहेको महासंघको तथ्याङ्क छ ।