काठमाण्डु – विसं २०७७ साल पौष १५ गते । बुधबार । इस्वी सन् २०२० डिसेम्बर ३० तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर १७ मिनेटमा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्यामा उत्साजनक प्रगति नहुँदा मन चिन्तित रहला । राजनीति तथा समाज सेवामा भनेजस्तो काम गर्न नसकिने हुनाले आलोचना सहनुपर्ला । छोटो दूरीको यात्रा हुने भए पनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्ने हुन सक्छ ।
बृष (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) माया प्रेममा सामीप्यता बढ्नेछ। प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई अरूलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन अध्यापनमा प्रगति भएर जानेछ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) व्यापार विस्तार गरी भनेजस्तो लाभ लिन सकिने तथा विभिन्न क्षेत्रमा लगानी गरी आम्दानीका स्रोत बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले अन्य प्रतिस्पर्धीहरुलार्ई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पत्ति हात लागि हुने योग रहेको छ । पदिय दायित्व बढ्ने तथा काम गर्ने ठाउँमा तपार्इंको काम गर्ने शैलीको धेरैले प्रशंसा गर्नेछन् ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे) ः विवादित विषयको उठान नगर्नुहोला आफ्नो पक्षमा निर्णय आउने छैन । पढाइ लेखाइमा मन नजादा अरूभन्दा पछि परिने सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानी गरे पनि नाफा कमाउन केही समय कुर्नु पर्नेछ ।
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पत्ति हात लागि हुने योग रहेको छ । पदिय दायित्व बढ्ने तथा काम गर्ने ठाउँमा तपार्इंको काम गर्ने शैलीको धेरैले प्रशंसा गर्नेछन् ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) आफन्तहरुको सहयोगले उपलब्धि मुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रूपमा परिणत गर्न सकिनेछ । धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेको छ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । प्रेममा सामीप्यता बढेर जानेछ ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) व्यापार व्यावसायमा समय दिए पनि आम्दानी कम हुनेछ । खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुनेछ । नोकरी तथा पढाइमा हुने प्रतिस्पर्धामा विजय हुन कडा मिहिनेत गर्नुपर्नेछ । पुराना समस्या पुनः बल्झन तथा ऋण लाग्नेछ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) छ । सरकारी तथा प्रशासनिक काममा सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्नाले महत्त्वपूर्ण अवसर गुम्न सक्छन्, ध्यान दिनुहोला । साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ भने काम गर्दा ख्याल दिनुहोला, खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायबाट भनेजस्तो आम्दानी गर्न निकै नै समय खर्चिनु पर्नेछ ।
मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला, नराम्रा घट्नाको सामना गर्नुपर्नेछ । विलाशी जीवन जिउन खोज्दा पढाइ लेखाइ तथा खोज अनुसन्धानको क्षेत्रमा कमजोर उपस्थिति रहनेछ । जीवन साथीसँग मनमुटाव बढ्ने हुनाले दैनिक काम गर्न मन जानेछैन ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) आर्थिक अभावले महत्त्वपूर्ण काम थाँती रहनेछन् । वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्य रूपैयाँ पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यसम्बन्धी समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) विद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदीबहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पत्ति तथा रूपैयाँ पैसा हराउन तथा लुटिन सक्छ । ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्दा मामिला आइलाग्न सक्छ, काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ ।




प्रतिक्रिया