एसईईको आवेदन फारम खुला

एसईईको आवेदन फारम खुला


काठमाण्डु – माध्यमिक शिक्षा परीक्षा (एसईई)को आवेदन फारम खुला भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम खुला गरेको हो ।

२०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरिएको बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
बोर्डले बुधबार निकालेको सूचनाअनुसार आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ । आवेदन फारम भर्न प्रतिविद्यार्थी तीन सय रूपैयाँ लाग्ने सूचनामा उल्लेख छ ।

त्यसैगरी यसवर्षको एसईई आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।