काठमाण्डुको तापक्रम शून्य डिग्रीमा झर्यो, जुम्लाको तापक्रम माइनस ८.५

काठमाण्डुको तापक्रम शून्य डिग्रीमा झर्यो, जुम्लाको तापक्रम माइनस ८.५

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज काठमाण्डु उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा कम रहेको छ । काठमाण्डु उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियस ०.८ मा झरेको हो ।

मौसमविदका जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहान पौने ६ बजे मापन गर्दा काठमाण्डुको तापक्रम १.२ रहेकाे थियो भने पौने ९ बजे मापन गर्दा तापक्रम घटेर ०.८ डिग्रीमा पुगेको थियाे ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ रहेकाे छ । यसैगरी दिपायलको न्यूनतम तापक्रम ०.४ डिग्री सेल्सियस र वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.९ डिग्री सेल्सियस रहेकाे मौसमविद राजु प्रधानांगले जानकारी दिए ।

मौसमविदका अनुसार केही दिनयता चिसो बढ्ने सम्भावना रहेको छ ।