कोरोनाको बहानामा ठूला मिडियाबाटै पत्रकारको सेवा खोसियोः पत्रकार महासंघ

कोरोनाको बहानामा ठूला मिडियाबाटै पत्रकारको सेवा खोसियोः पत्रकार महासंघ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कोरोना भाइरस संक्रमणबाट नेपालमा ७ जना पत्रकारले ज्यान गुमाएका छन् । नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कोरोनाबाट ७ जना पत्रकारले ज्यान गुमाएका छन् भने चार सय ७० जना पत्रकार कोरोनामुक्त भएका छन् ।

महासंघले कोरोना भाइरसको सङ्क्रमणको बहानामा ठूला भनिएका सञ्चारगृहबाट नै पत्रकारहरु सेवाबाट बञ्चित हुनुपरेको महासंघको अध्ययनले देखाएको छ ।

कोरोनाको बहानामा सन् २०२० मा नियमित सेवा सुविधा उपलब्ध नहुने, बेतलबी बिदामा बस्नुपर्नेलगायत समस्या पत्रकारले झेल्नुपरेको महासंघले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै संघीय सरकार र प्रदेश सरकारले सञ्चार सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवालासँगको छलफल विना नै निर्माण भएका तथा सरकारले संसद समक्ष पु¥याएका सार्वजनिक सेवा प्रसारण सम्वन्धी विद्येयक, सूचना प्रविधि विद्येयक, मिडिया काउन्सिल विद्येयकसहित संचार सम्बन्धी विभिन्न विधेयकमा प्रेस स्वतन्त्रता विरोधी धेरै दफाहरु ल्याएको उल्लेख गरिएको छ ।

नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा गरिएको अभिलेख अनुसार सन् २०२० जानवरी १ देखि २०२० डिसेम्वर ३१सम्मको यो एक वर्षको अवधिमा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटनाहरु अभिलेख गरिएको छ।