काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले केही नेताहरु पार्टी फुटाएर सरकार बनाउने खेलमा लागेको बताएका छन् ।
शुक्रबार ३६ देशका प्रवासी नेपाली एकतामञ्चलाई भर्चुअल अलसम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा फुटेको नभइ केही नेताहरु दक्षिणपन्थीको इशारामा पार्टीबाट अलग्गिएर छुट्टै सरकार बनाउने खेलमा लागेको बताएका हुन् ।
उनले आफ्नो पार्टी बैधानिकताका लागि निर्वाचन आयोग नगएको र नजाने समेत बताएका छन् । ‘हामी बैधानिकतको प्रमाणपत्रका लागि निर्वाचन आयोग गएका छैनाैं । हामी बैधानिक नै छौ भने किन दरखास्त हाल्न जान्छौ ?’, ओलीले प्रश्न गर्दै भने, ‘हामी किन जान्छौ ? अदालत, निर्वाचन आयोग ?’
साथै प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल समूहले पार्टी कार्यालय कब्जा गर्ने तथा पार्टीको खाताबाट पैसा गायव पारेको समेत बताएका छन् । कार्यकर्ताले दुख गरेर जम्मा गरेको पैसा पार्टीको खाताबाट गायव पारेको भन्दै प्रधानमन्त्रीले भने, ‘कार्यालय कसको पछि थाहा हुन्छ । कार्यकर्ता किन भिडाउनु ?’
पार्टी विवादको टुंगो नलाग्दै रकम निकासा नगर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बैंकलाई खाता रोक्का गर्न पत्र लेखेका थिए । त्यसैगरी प्रधानमन्त्री ओलीले सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीविरूद्ध गत ५ गते दिउँसो ३ बजे दर्ता भएको अविश्वासको प्रस्तावलाई सभामुखले नै १०ः५५ मा दर्ता गरेको बनाई कीर्ते गरेको पनि आरोप लगाए ।
सभामुख सरकारको सहयोगी नबनेकाले आफु संसद् विघटनको निष्कर्षमा पुग्नुपरेको पनि ओलीले जिकिर गरे ।




प्रतिक्रिया