ट्राफिक महाशाखाले हराएका २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगायो

ट्राफिक महाशाखाले हराएका २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकलको खोजी गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले हराएका मोटरसाइकल सम्बन्धीत धनीलाई जिम्मा लगाएका हुन् । जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेको भन्दै वरिष्ठ उपरीक्षक भट्टराईले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न मोटरसाइकल चालकलाई सुझाव दिए ।

चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा LOST VEHICLE APPLICATION मा लगईन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको पनि उनले बताए ।

महाशाखाले यस पौष महिनामा मात्रै ३९ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ९ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाईसकेको छ ।