काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले काठमाण्डुमा बृहद कार्यकर्ता भेला गर्ने भएको छ ।
ओली समूहको काठमाण्डु जिल्ला कमिटीले शनिबार दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा भेला आयोजना गर्ने भएको हो ।
भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने ओली समूहले जनाएको छ ।





प्रतिक्रिया