काठमाण्डु – लुम्बिनी प्रदेशसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहमा आएका छन् । रुपन्देही क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सांसद दधिराम न्यौपाने पूर्वमाओवादीबाट निर्वाचित सांसद हुन् ।
सांसद न्यौपानेसहित जिल्लास्तरीय नेता अनुप बराल पनि अोली समूहमा लागेको बताइएको छ । सांसद न्यौपाने ओली समूहमा लागेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल थप मजबुत बनेका छन् ।
प्रदेशसभामा ६१ सांसद रहेकोमा पूर्वमाओवादीका २० सांसद रहेका छन् । पछिल्लो समय प्रचण्ड–माधव नेपाल समूहले आफू मजबुत भएको दाबी गरिरहँदा पूर्वमाओवादीका सांसद ओली समूहमा आउनेक्रम बढेको छ ।




प्रतिक्रिया