कर्णालीमा ओली समूहका दुई मन्त्रीसहित तीन जना प्रचण्ड–नेपाल समूहमा लागे, मुख्यमन्त्री शाही सुरक्षित

कर्णालीमा ओली समूहका दुई मन्त्रीसहित तीन जना प्रचण्ड–नेपाल समूहमा लागे, मुख्यमन्त्री शाही सुरक्षित


काठमाण्डु – कर्णाली प्रदेशमा दुई मन्त्रीसहित तीन जना पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहमा प्रवेश गरेका छन् । उनीहरू केपी शर्मा ओली समूहबाट मन्त्री बनेका थिए ।

कर्णालीका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश विधायन समितिका पूर्वअध्यक्ष पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा लागेका हुन् ।

प्रधानमन्त्री ओलीको पछिल्लो कदमबाट रुष्ट बनेका रावल, बुढा र रोकायले उनको संसद विघटन गर्ने कदम असंवैधानिक रहेको बताएका छन् ।

कर्णालीमा नेकपाबाट ३३ जना सांसद रहेका छन् । जसमध्ये ओली समूहमा सभामुख राजबहादुर शाहीसहित ११ जना रहेका छन् । साथै प्रचण्ड–नेपाल समूहमा २२ जना सांसद रहेको अर्थमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । २२ जना सांसद आफ्नो पक्षमा रहेसँगै कर्णालीका मुख्यमन्त्री महेन्द्बहादुर शाहीको सरकार सुरक्षित भएको छ ।