काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ सय ३७ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ५४ हजार ४ सय ९४ जना कोरोना संक्रमित निको भएका छन् ।
हालसम्म १९ लाख ४८ हजार ५ सय २ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय ७८ जना पुगेका छन् ।




प्रतिक्रिया