विद्यालय खोल्ने निर्णय मन्त्रिपरिषद्मा लगिँदै, विदेशबाट आउनेलाई १० दिन क्वारेन्टाइन !

विद्यालय खोल्ने निर्णय मन्त्रिपरिषद्मा लगिँदै, विदेशबाट आउनेलाई १० दिन क्वारेन्टाइन !


काठमाण्डु – कोरोना भाइरसका कारण बन्द भएका विद्यालय खुला गर्ने निर्णय भएको छ । आइतबार बसेको कोभिड रोकथाम तथा नियन्त्रण गर्न बनेको उच्च स्तरीय निर्देशक समितिको बैठक (सीसीएमसी)ले बन्द भएका विद्यालय खुला गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले वर्तमान स्थितिको विश्लेषण गरी आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको बताए ।

बैठकले कोरोना संक्रमण बढ्न सक्ने र कोरोनाको दोस्रो लहर आउन सक्ने अवस्थाबारे आँकलन गर्दै लापरवाही गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले नयाँ खालको कोरोना देखिएको बेलायतसहित अन्य २२ वटा राष्ट्रबाट आउने यात्रुलाई १० दिन क्वारेन्टाइनमा राख्ने निर्णय मन्त्रिपरिषद्मा लैजाने निर्णय भएको सचिव गुरागाईले जानकारी दिए ।